Amazon गिफ्ट कार्डको बारेमा
Amazon.com गिफ्ट कार्ड आफ्ना प्रियजनलाई ठ्याक्कै मनपर्ने कुरा उपहार दिने उत्तम तरिका हो। पाउने व्यक्तिले स्टोरभरका लाखौं वस्तुबाट छान्न सक्छन्। Amazon.com गिफ्ट कार्डको म्याद सकिँदैन, त्यसैले अहिले किन्न वा विशेष सेलको प्रतीक्षा गर्न सक्नुहुन्छ।
सूचना: सबै ग्राहकले किनमेल गर्दा Amazon को प्रयोग सर्त पालना गर्नुपर्छ। नियम उल्लङ्घनका कारण खाता ब्लक भएमा, उक्त खातामा जम्मा भएको गिफ्ट कार्ड पुनःप्राप्त गर्न सकिँदैन — यो हाम्रो प्लेटफर्ममा बिक्री हुने कार्डसँग सम्बन्धित छैन। कृपया आफ्नो Amazon खाता सुरक्षित राख्नुहोस्।
Amazon गिफ्ट कार्ड कसरी किन्ने?
1. thePAY एपको 'विदेशी मोबाइल रिचार्ज' मेनुमा Amazon छानेर PIN प्राप्त गर्ने इमेल हाल्नुहोस्।
2. रकम छानेर 'रिचार्ज' थिच्नुहोस्।
3. भुक्तानी पूरा भएपछि PIN तपाईंले हालेको इमेलमा पठाइन्छ।
Amazon गिफ्ट कार्ड कसरी प्रयोग गर्ने?
1. आफ्नो Amazon खातामा लगइन गर्नुहोस्।
2. 'खातामा गिफ्ट कार्ड लागू गर्नुहोस्' क्लिक गर्नुहोस्।
3. क्लेम कोड हालेर 'ब्यालेन्समा लागू गर्नुहोस्' क्लिक गर्नुहोस्।

